तपाइले यो झार चिन्नुभएको छ ? जसले दिन थाल्यो मासिक ५० हजार कमाई !
काभ्रे– सुन्दा अचम्म लाग्न सक्छ, बनपाखाको झाडी पोलेर लाखौं कमाई हुन्छ भन्दा । तर, यो यथार्थ बनाएका छन् काभ्रे कोशिपारी भेगका केही उद्यमीहरुले । जसले झाँडी पोलेरै लाखौं कमाई गरिरहेका छन् ।केही बर्ष अघिसम्म रोजगारीको खोज्न शहर बजारमात्र होइन विदेश जान भन्दै काठमाडौंका मेनपावर कम्पनी धाउने कोशिपारीका स्थानीयहरु यतिखेर भने वनपाखाको काँडा पोल्नमै व्यस्त छन् । वनमा रहेका काँडा, उन्यू र झारपातहरु पोलेरै मासिक ५० हजार रुपैयाँसम्म कमाई हुने भएपछि यूवाहरु अरु छोडेर झाँडी पोल्न लागेका हुन् ।
रुखका स–साना हाँगाबिँगा, पातपतिङ्गरजस्ता खेर जाने वायोमासलाई विशेष प्रविधि रिट्रोट भित्र ४ र ५ घण्टासम्म नियन्त्रित तापक्रममा तताई त्यसमा भएको पानीको भाग र अन्य हानिकारक ग्यास बाहिर निकाली बल्ने क्षमता भएको पदार्थ मात्र बाँकी रहेको कोइलालाई चारकोलको रुपमा प्रयोग गर्न सकिन्छ ।वनपाखामा त्यसै उम्रिएर हैरान हुने उन्यू,बनमारा,अैसेलु,पातपतिङ्गर, सुकेका फलफूलका बोक्रा,रुखका बोक्रा,धुलो आदिबाट पनि चारकोल तयार गर्न सकिन्छ । चारकोलको लागत ठाउँ हेरेर प्रतिकेजी १९ देखि २२ रुपैयाँ पर्दछ ।इँटा भट्टाबाहेक चारकोललाई घरायसी इन्धनको रुपमा खाना पकाउन, कोठा तताउन र होटल, रेस्टुराँलगायत अन्य उद्योगरकारखानामा पनि प्रयोगमा ल्याउन सकिने भएकाले यसको व्यावसायिक उत्पादनमा ध्यान दिनुपर्ने अर्गानिक वल्र्ड प्रा.लीका संचालक राजन पराजुली बताउँछन् ।
अर्गानिक वल्र्ड प्रा.ली ले काभ्रेका विभिन्न ६ वटा सामुदायिक वनमा चारकोल बनाउन किसानहरुलाई सहयोग गर्दै आइरहेको छ । कम्पनीले किसानहरुले तयार पारेको चारकोल किनिदिने समेत गरेको छ ।गाउँमा तयार भएको चारकोल किसानहरुले सजिलै बेच्ने सक्ने भएसँगै अहिले चारकोलको उत्पादनमा वृद्घि भइरहेको छ । अर्गानिक वल्र्डप्रालीले किसानहरुको चारकोल किनेर दियालो प्यालेट बनाई बजारमा पठाउने गरेको छ । कम्पनीले प्रति बोरा चारकोल २ सय ७५ रुपैयामा खरिद गर्ने गरेको छ । एक किसानले प्रति दिन १० बोरा चारकोल सम्म उत्पादन गर्न सक्दछ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय