गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले जेठ २७ मा विश्वासको मत लिने

जेठ २५, पोखरा,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सभाबाट विश्वासको मत लिनका लागि मुख्यमन्त्री गुरुङले आज (मंगलबार) प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको हो ।

यसअघि वैशाख २६ गते मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजिनामा पछि प्रदेश प्रमुख सीता कुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकोमा दलहरूले बहुमत प्रदेश सांसदहरुको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गर्न नसकेपछि प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतले बैशाख २९ गते नेकपा एमालेका संसदीय दलका नेता गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

बहुमत प्रदेश सदस्यहरुको समर्थन नभएर अल्पमतको सरकारको नेतृत्व गर्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ संवैधानिक व्यवस्था अनुरुप उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

विश्वासको मत लिनु ४८ घण्टा अघि प्रदेश सभामा प्रस्ताव दर्ता गर्नुपर्ने व्यवस्था छ । गण्डकी प्रदेशमा ६० सांसद छन् । सरकार गठन गर्न ३१ सांसदको मत चाहिन्छ । प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुख सहित १२, जनमोर्चाका ३, जसपाका २ र १ स्वतन्त्र सांसद रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएसँगै शुरु भएको राजनीतिक अस्थिरता केन्द्र हुँदै प्रदेशहरुमा पुगेको छ । केन्द्रमा सरकार ढाल्ने र नयाँ बनाउने छिनाझपटी चलिरहेको बेला प्रदेशमा पनि एकपछि अर्को गर्दै सरकारहरु अस्थिर बनिरहेका छन् ।

सर्वत्र सरकार ढाल्ने र बनाउने दौड चल्दा राजनीतिक अस्थिरता त झाङ्गिएको छ नै संघीयताप्रति पनि जनतामा नकारात्मक धारणाले जरो गाड्दै गएको छ । प्रदेश प्रमुखको वर्खास्ती र नियुक्ति समेत केटाकेटीको खेलजस्तो बनाइएको छ । केन्द्रीय सरकारले प्रदेशको अधिकार समेत केन्द्रिकृत गर्न खोजेको आरोप पनि लाग्ने गरेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *