+
+
-- Sponsored Ad --

दलदलेमा रहेका एक होटल व्यवसायीलाई खाद्यन्न सामाग्री सहयोग

713 पटक हेरिएको
Clock २०७८ जेष्ठ २५, मंगलवार २२:१२
-- Sponsored --

नवलपुर होटल व्यवसाय संघद्वारा देवचुली नगरपालिका वडा नं १३ दलदलेमा रहेका एक होटल व्यवसायीलाई खाद्यन्न सामाग्री सहयोग गरेको छ । मंगलबार नवलपुर होटल व्यवसाय संघका अध्यक्ष लगायतको टोलीले दलदलेमा अवस्थित मनकामना खाजा घरका व्यवसायीलाई खाद्यन्न सामाग्री सहयोग गरेको हो । कोभिड-१९ को संक्रमणका कारण देश नै निषेधाज्ञामा रहेको समयमा सानो व्यवसाय गर्ने परिवारलाई राहत स्वरुप केही खाद्यन्न सामाग्री सहयोग गरिएको नवलपुर होटल व्यवसाय संघका अध्यक्ष संतोष राना मगरले जानकारी दिनुभयो । यो समयमा अन्य क्षेत्रसँगै सबैभन्दा बढि होटल व्यवसाय मारमा परेकाले आर्थिक अवस्था कमजोर भएका होटल व्यवसायीलाई नवलपुर होटल व्यवसायी संघले सहयोग गर्ने अध्यक्ष रानामगरले बताउनुभएको थियो । लामो समय देखि दलदलेमा मनकामना खाजा घर संचालन गर्दै आउनुभएकी कमला खरेललाई चामल २५ किलोको २ बोरा, चिनी ५ किलो, तेल ४ लिटर,नुन ४ केजी, दाल ५ केजी मसला, चियापत्ती लगायतको खाद्यन्न सहयोग गरिएको थियो । लकडाउनले व्यवसाय नै ठप्प भएको समयमा नवलपुर होटल व्यवसायी संघले सहयोग गरेकोमा खुशी लागेको मनकामना खाजा घरकी कमला खरेलले बताउनुभयो । लकडाउन अझै थप भए अन्य समस्यामा परेका होटल व्यवसायीहरुलाई सहयोग गर्ने र त्यसको लागि फोन सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । फोन सम्पर्क : संतोष रानामगर अध्यक्ष नवलपुर होटल व्यवसायी संघ (९८५७०२८०५१) यस अघिको लकडाउनमा पनि नवलपुर होटल व्यवसायी संघले समस्यामा परेका होटल संचालकहरुलाई सहयोग गरेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win