अमरापुरीका गायक तथा संगीतकार सापकोटा पुनं नयाँ म्यूजिक भिडियोको तयारीमा

देवचुली, माधब सुबेदी
गैैडाकोट नगरपालिका वडा नं १४ अमरापुरीका रिङकु सापकोटा पुनं नयाँ भिडियोको तयारीमा रहेका छन् । किङ्स स्टोडियाका संचालक समेत रहेका सापकोटाले नेपालको संगीत मौलिक संगीतको रुपमा परिचित रहेको कामलाई नेपाली सांगीतिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान गराईरहेका छन ।
गायक सापकोटाले आफ्नो बेग्लै पहिचान बोकेको हाम्रो मौलिकता माथी प्रहार हुन थालेको बताउदै यसलाई जेगाउनको लागि मौलिकतालाई जोगाउँदै नेपाली सांगीतिक फाँटको विरासतलाई जोगाउदै हाम्रो मौलिक संगीत नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने अवस्था देखिएको बताए । उनले विगतका दिनहरुमा लोक पप, रोमान्टीक जस्ता थुप्रै गीतहरु सार्वजनिक गरीसकेका छन् । एकाएक चर्चामा आएका सापकोटा आफनो व्यस्थताका कारण सांगीतीक क्षेत्रमा सेलायका थिए भने अहिले नयाँ म्यूजिक भिडियोका साथ चर्चामा आउने भएका हुन् ।
आजभन्दा ३ बर्ष अगाडि सार्वजनिक गरिएको ”प्यास लाग्यो मलाई” र यहि माघ २९ गते ”जनम जनम” नामक म्यूजिक भिडियो सार्वजनिक गरेका थिए भने अहिले नयाँ सोचका साथ अगाडि बढ्ने समेत एनसंचारलाई बताए । सापकोटाले सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने कुरा धेरै छन् जुन म भित्रपनि हुनसक्छ भन्दै पहिलेको तुलनामा सांगीतिक क्षेत्रमा विकृति धेरै नै आएको बताए । उनले भने सुधार ल्याउनुपर्ने जटिल पक्ष भनेको गीत संगितमा प्रयोग हुने शब्दहरु रहेको जुन सहज तरिकाले सुन्न र गीतमा प्रयोग गर्न सकियोस् भन्ने बताए ।
भिडियो हेर्नको लागि तल दिइएका छ । https://youtu.be/ZNdy0lqugeQ, https://youtu.be/pa5TDDnlXCo

शुक्रबार, भदौ २२, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै