लोक दोहोरी प्रतिष्ठानको अभियानमा चिरायूको सहयोग

- काठमाडौं, जेेठ २७ । चिरायु नेसनल हस्पिटलले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सुरु गरेको रोगबाट तपाई बच्नुस भोक बाट हामी बचाउँ छौ’ अभियानलाई केही राहत हुने अभिप्रायले केही नगद सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ । उक्त अभियान सुरु गर्दै प्रतिष्ठानसँग आवद्ध कलाकारहरुलाई केही दिनदेखि निःशुल्क खाद्यान्न सामग्री सहयोग वितरण गर्दै आएको छ ।
लोकदोहोरी गीत प्रतिष्ठानसँग आवद्ध तथा पीडित कलाकारहरुलाई चरणबद्ध रुपमा खाद्यान्न सामग्री सहयोग वितरण सुरु गरेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए ।यस अभियानमा सहयोग गर्नु चिरायु नेशनल हस्पिटललाई हृदयदेखि धन्यवाद दिदै आगामी दिनहरुमा यहाँहरुको निरन्तर सहयोगको अपेक्षा गरेको अध्यक्ष बिजीले बताए । कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञाका कारण आफ्नो रोजगारी गुमाएर एक छाक खान समस्या परेका कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट केही भएपनि राहत मिलोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको निबर्तमान अध्यक्ष बद्रि पंगेनीले बताए ।पहिलो चरण कोरोनाको महामारीमा पनि यस्तै निषेधाज्ञा लागू भएपछि सयौं कलाकारहरु मर्कामा परेका थिए । रात्रिकालीन व्यवसाय तथा दोहोरी साँझमा काम गरेर आफ्नो गुजारा र घर परिवारको पनि पेट पाल्दै आएका कयौँ कलाकारहरु यतिबेला कोठा भाडा तिर्न र खान नपाएर छटपटाइरहेका छन् ।चिरायु नेशनल हस्पिटलले बिगतका दिनहरुदेखि प्रतिष्ठानलाई सहयोग गर्दै आइरहेको चिरायु हस्पिटलका बिजनेस डेप्लोमेन्ट मेनेजर हिमाल बहादुर रानाले बताए । हस्पिटलले ख्यातिप्राप्त डाक्टरहरुबाट सेवा प्रदान गरिरहेको हस्पिटलका बिजनेस डेप्लोमेन्ट अफिसर नवराज भुजेलले बताए ।
उक्त कार्यक्रममा इन्देणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल, प्रतिष्ठानका केन्द्रीय सदस्य निर्देशक प्रकाश भट्ट लगायत दर्जनौं कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा