गण्डकी प्रदेशः मन्त्रालय बाँडफाँडबारे गठबन्धनमा छलफल हुदै ।

गण्डकी प्रदेश सभामा बिपक्षी गठबन्धनले ३१ जना हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाएर कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । प्रदेश प्रमुख कार्यालयमा हस्ताक्षर बुझाएर ३१ सांसद सिधै साङ्ग्रीला रिसोर्ट पुगेका थिए ।

आफ्नो पक्षमा निर्णय आउने संभाबना रहेको भन्दै बिपक्षी गठबन्धनमा मन्त्रालय बाँडफाडको बिषयमा छलफल सुरु भएको बुझिएको छ ।

सांग्रीला रिसोर्टमा रहेका काँग्रेसका एक माननीयका अनुसार यतिवेला मन्त्रालय बाँडफाँडको बिषयमा पनि छलफल भएको छ तर सहमति केहि भएको छैन । सबै दलले मुख्य मुख्य मन्त्रालय दावी गरेपछि सहमति हुन नसकेको उनले बताए ।

उनका अनुसार आज दिउँसोसम्म मन्त्रालय बाँडफाँडको सहमती हुनेछ ।