काठमाडौँ । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ। हाम्रा शरीरका अंग माध्ये आँखाको पनि समुन्द्र शास्त्रमा ठूलो महत्व छ।
हाम्रो आँखाको रंग अनुसार स्वभाव पनि हुने यो शास्त्रको भनाइ छ। आँखा हेरेर नै मानिसको गोप्य कुरा थाहा पाउन सकिने समुन्द्र शास्त्रीहरु दावी गर्छन्।
आँखाको नानी : आँखाको नानी खैरो हुने ब्यक्ति प्रभावशाली हुन्छन् । यस्ता ब्यक्तिले अरुलाई सहजै प्रभावित गर्न सक्छन्।त्यतिमात्र होइन यस्ता ब्यक्तिले अरुबाट अनावश्यक फाइदा लिने खतरा पनि हुन्छ । यस्ता ब्यक्ति धोकेवाज पनि सावित हुन्छन्।
औंला बढी : कुनै पनि ब्यक्तिको १० भन्दा बढी औंला छन् भने त्यस्ता ब्यक्तिले जीवनमा निक्कै धन कमाउँछन् । यस्ता ब्यक्ति प्रसिद्ध हुने पनि सम्भावना बढी हुन्छ ।
दाँत माथि दाँत : जुन ब्यक्तिको दाँत माथि दाँत खप्टिएको हुन्छ त्यस्ता ब्यक्ति विचारशील र साहसी हुन्छन् । यस्ता ब्यक्तिले आफ्नो स्वभावबाट अरुलाई प्रभावित गर्न सक्छन् ।
रौं नै रौं हुने : कुनै पनि मानिसको शरीरमा जताततै रौं छ भने त्यस्तो ब्याक्तिको काम बासना उच्च हुन्छ। यस्ता ब्यक्तिले भोग विलाशमा बढी ध्यान दिन्छन्।
छातीमा रौं : जुन ब्यक्तिको छातीमा अत्याधिक रौं हुन्छ त्यस्ता ब्यक्ति सन्तोषी स्वभावका हुनेछन्। यस्ता ब्यक्तिलाई धनको कमि हुँदैन।