स्याङ्जामा कालीगण्डकी नदीको बाढी घरहरुभित्र पस्यो ।

स्याङ्जा, २ असार । स्याङ्जाको गल्याङ नगरपालिका ५ सेतिवेणी बजारमा बाढी पस्दा ८ घर पूर्ण रुपमा क्षति भएका छन् । केही दिन देखि परेको अविरल वर्षाको कारण कालीगण्डकी नदीको बाढी घरहरुभित्र पस्दा ८ घर पूर्ण रुपमा क्षति भएको प्रहरीले बताएको छ ।

नदीको पाानी घरभित्र पसे पनि स्थानीय सर्वसाधारण, जनप्रतिनिधि र रेडक्रसको सहकार्यमा उद्धार गर्दा मानविय र चौपाय क्षति नभएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

प्रहरीका अनुसार गल्याङ ५ सेतिवेणी बस्ने केश बहादुर क्षेत्री, केशराज न्यौपाने, ठाकुर प्रसाद श्रेष्ठ, रेशमराज न्यौपाने, लक्ष्मी पति न्यौपाने, गुरु वहादुर क्षेत्री, तेजराम काफ्ले र त्रिबिक्रम हेजुको पुर्ण रुपमा क्षति भएको छ ।

८ घरपरिवारका २४ जनालार्ई उद्धार गरी पालहरु वितरण कार्य गरिएको प्रहरीले बताएको छ ।

त्यसै गरी बजारसँगै रहेको विश्वकै ठूलो मानिएको शिला शालिग्राम आधाभन्दा बढी डुवानमा परेका छन् । स्याङ्जा, पर्वत र गुल्मीको स्थलमा रहेको सतीवेणीका झण्डै ३५ घर उच्च जोखिममा रहेको वडा अध्यक्ष बिष्णुबहादुर क्षेत्री बस्यालले जानकारी दिनुभयो ।

मुलुककै ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् उत्पादन केन्द्रको बाँधका कारण वर्षातका समयमा सधैँजसो सेतीवेणी प्रभावित हुने गर्दछ ।

सेतीवणी स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको पुरानो ब्यापारिक केन्द्र हो । तर, अहिले गाउँगाउँमा सडक सञ्जाल बिस्तार भएसँगै यो बजार केही छायाँमा परेको छ ।

तर, विश्वकै ठूलो शिला शालीग्रामको दर्शन, जलयात्रा (स्टिमर) सेवा सञ्चालन र कालीगण्डकी नदीको स्नानका कारण बर्षेनी हजारौँ हिन्दुधर्मालम्बीहरु दर्जनका लागि र अवलोकनका लागि पनि यहाँ आउने गर्दछन ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 26 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 18 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *