दुई जनाको शव फेला, मेलम्चीको वहाब घटेन, हेलिकोप्टरसहित सुरक्षाफौज परिचालन

सिन्धुपाल्चोक : मंगलबार बेलुकीदेखि चलेको बाढी र पहिरोमा हराइरहेका झण्डै ५० मध्ये दुई जनाको शव फेला परेको छ। जनप्रतिनिधि र प्रहरीले पछिल्लो विपत्तिमा ज्यान गुमाएकाहरूको तथ्यांक जिल्ला प्रशासन कार्यालयमा अद्यावधिक गराएका हुन्।
एक जनाको शव भीमटार र अर्का व्यक्तिको शव काभ्रेको मण्डनमा भेटिएको हो।
प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले जानकारी दिएअनुसार थप मानवीय क्षति भएको थाहा लागेको छैन। मेलम्ची नदीमा पानीको सतह अझै नघटेको र बहाव बस्तीमा पस्ने जोखिम रहेको उनले बताएका छन्। मेलम्ची बजार भने अहिले पनि पूरै डुबानमा छ।
बाढी र पहिरोग्रस्त क्षेत्रमा स्थलमार्गबाट उद्धार गर्न जानसक्ने स्थिति छैन। बाढी र पहिरोको चपेटामा फसेकालाई उद्धार गर्न तथा पीडितकहाँ राहत पुर्याउन सुरक्षा निकाय र निजी वायुसेवा कम्पनीसँग रहेका हेलिकोप्टर परिचालन भएको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाको अनुसार उद्धारका लागि हेलिकोप्टर मेलम्चीमा आइपुगेको छ।
मेलम्ची ड्यामसाइट र हेलम्बुको चनौटे आसपासमा करिब ५० जनाभन्दा बढी बेपत्ता भएको सुन्नमा आएपनि त्यसबारे बुझ्ने प्रयास भइरहेको सापकोटाले जानकारी दिएका छन्।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम