गाँजासहित एक युवा पक्राउ

पोखरामा ठुलो परिमाणमा लागूऔषध गाँजासहित एक युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका १० बुद्ध चोकबाट ८ किलो २०० ग्राम गाँजासहित बुधबार साँझ ५ बजे गोरखा आरुघाट गाउँपालिका ३ का २३ वर्षीय लेख बहादुर गुरुङ पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
गुरुङले बुद्ध चोकमा सञ्चालन गरेको गोरखा मनकामना नर्सरीमा लागूऔषध गाँजाको विक्री वितरण हुन्छ भन्ने सूचनाको आधारमा खानतलासी गर्दा नर्सरीमा रहेको एक तले घरको कोठामा सो परिमाणको गाँजा फेला परेपछि गुरुङलाई नियन्त्रणमा लिइएको डिएसपी हमालले बताउनुभयो ।
वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक बिक्रम कुवरको नेतृत्वमा खटिएको टोलीले गुरुङलाई नियन्त्रणमा लिई कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै