आय व्ययसहितको कुल ६२ करोड २७ लाख बराबरको बजेट सार्वजानिक

  • समाचार
  • २०७८ असार १०, बिहीबार २१:४४

देवचुली नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ६२ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको बजेट सार्वजानिक गरेको छ । बिहिबार आठौं नगर सभा मार्फत देवचुली नगरपालिकाका उपमेयर पार्वता तिवारीले संघीय सरकार, प्रदेश सरकारबाट अनुदान तथा सहयोग र नगरपालिकाको अनुमानीत आन्तरिक आम्दानी सहित कुल ६२ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको बजेट सार्वजानिक गरेकी हुन् ।

जसमध्ये आयतर्फ सङ्घीय सरकारको सशर्त अनुदानबाट २७ करोड ९४ लाख, संघीय सरकारबाट वित्तिय सभानीकरण अनुदानबाट १४ करोड ४२ लाख, समपुरक अनुदानबाट ६९ लाख, बिशेष अनुदानबाट ८३ लाख र राजस्व बाँडफाँडबाट ९ करोड ११ लाख १२ हजार आम्दानी हुने अपेक्षा गरिएको छ । त्यसैगरी गण्डकी प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान अन्तर्गत १ करोड ७२ लाख ५२ हजार र राजस्व बाँडफाँडार्फत १ करोड ६ हजार आम्दानी हुने अनुमान गरिएको छ । त्यसैगरी नगरपालिकाको आन्तरिक आयतर्फ २ करोड ५० लाख, मालपोत रजिष्ट्रेसन शुल्कबाट २ करोड ६० लाख र चालु आर्थिक बर्षको बैकं मौजातबाट १ करोड ४२ लाख ८ हजार आम्दानी हुने अनुमान गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष व्ययतर्फ चालु खर्च ३४ करोड ७३ लाख ७८ हजार ३ सय २० रुपैयां अथार्त ५५ दशमलब ७८ प्रतिशत र पुजीगत खर्च २७ करोड ५३ लाख ९९ हजार ६ सय ८० अर्थात ४४ दशमलब २२ प्रतिशत विनियोजन गरिएको छ । कुल विनियोजित निसर्त बजेटमा बिषयगत क्षेत्र अन्तर्गत सामाजिक विकास क्षेत्र तर्फ १२ दशमलब ८७ प्रतिशत, आर्थिक विकास क्षेत्र तर्फ ५ दशमलब ४९ प्रतिशत, पुर्वाधार विकास क्षेत्र तर्फ ४१ दशमलब ७५ प्रतिशत, वन वातावरण तथा विपद क्षेत्र तर्फ ६ दशमलब ४७ प्रतिशत तथा संस्थागत क्षेत्र तर्फ ३३ दशमलब ४२ प्रतिशत बजेट विनियोजन गरेको छ । त्यसैगरि देवचुली नगरपालिकाले कोभिड १९ र यस्तै विपद व्यवस्थापनका लागि १ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 27 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *