शनिबार देखि असार १८ गते शुक्रबार सम्म सबै प्रकारका व्यवसायहरू खुल्ने

नवलपुर जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा असार १८ गते सम्म रहेपनि यसपटकको निषेधाज्ञामा सम्पूर्ण व्यवसाय खुल्ने भएको छ । (आज ) शनिबार देखि असार १८ गते शुक्रबार सम्मका लागि बिहान देखि बेलुकी ६ बजेसम्म नवलपुरका सबै प्रकारका व्यवसायहरू खुल्ने जिल्ला प्रशासन कार्यालय नवलपुरले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

No description available.कार्यालयले जारी गरेको सूचनामा साँझ ६ वजेपछि भने अत्यावश्यक बाहेकका ब्यवसायहरु पूर्णरुपमा बन्द गर्नुपर्ने जनाईएको छ । व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ ।

नवलपुरमा नया भेरियन्ट सहितको कोभिड १९ महामारीको दोस्रो लहरको संक्रमणको अवस्थाको जोखिम अझै कायमै रहेको भन्दै कार्यालयले जिल्लाभरको निषेधाज्ञालाई जारी राखेको हो ।