गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज नियुक्त

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष बाँस्तोला डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्ष हुनुहुन्छ । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 26 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 18 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *