आधारभुत तहका शिक्षक हरुलाइ सिकाइ सहजीकरणमा सूचना प्रबिधिको प्रयोग सम्बन्धी भर्चुअल तालिम सम्पन्न

असार १५ गैडाकोट ।
शिक्षा तालिम केन्द्र गण्डकी प्रदेश दमौलीको आयोजनामा आधारभूत तह कक्षा (१—५) का शिक्षकहरुका लागि अनलाइनमा आधारित सिकाइ सहजीकरणमा सूचना प्रविधिको प्रयोग सम्बन्धि शिक्षकको पेशागत विकास तालिम आज सम्पन्न भएको छ ।
असार ६ गते देखि १५ गते सम्म सञ्चालित तालिममा शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगका बारेमा प्रशिक्षण गरिएको थियो । कार्यक्रमको समारोहमा बोल्दै शिक्षा तालिम केन्द्रका तालिम प्रमुख नेपालहरि रानाभाटले तालिममा सिकेका नविनतम प्रविधिको ज्ञान कक्षा कोठा सम्म प्रयोग पु¥याउन निर्देशन दिनुभयो । शिक्षकको आठ वटा सक्षमता मध्ये सूचना र प्रविधिको ज्ञान पनि रहेकोले अवको केही समय पछि सूचना प्रविधि ज्ञान नभएको शिक्षक शिक्षण पेशामा नअट्ने हुँदा सूचना प्रविधिको ज्ञान आर्जन गरि कक्षा शिक्षणमा प्रयोगमा ल्याउनुहुन सहभागि शिक्षकहरुलाई अनुरोध गर्नुभयो । दश दिन सम्म सञ्चालित उक्त तालिममा प्रशिक्षक शाखा अधिकृत विदुरहरि आचार्य, दामोदर कार्की,राजकुमार विष्ट,प्रकाश देवकोटाले सहजीकरण गर्नुभएको थियो । तालिम समापन समारोहमा सहभागीको तर्फबाट रामकोट माध्यमिक विद्यालय कास्कीबाट सहभागी सरस्वती काफ्ले र नारायणी माध्यमिक विद्यालयबाट सहभागि जगन्नाथ उपाध्यायले बोल्दै आँफूहरुले तालिममा सिकेका कुरा शिक्षण सिकाइमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । शिक्षा तालिम केन्द्रले कोविडका कारण विद्यालय बन्द रहेको समय पारेर ३००० शिक्षकलाई अनलाइनबाट पेशागत विकास सम्वन्धि तालिम दिएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा