पर्वत–बागलुङ सडकखण्ड अवरूद्ध

  • समाचार
  • २०७८ असार १५, मंगलवार २२:५०

सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका–८ चुवाभिरमा निरन्तर पहिरो झरिएका कारण गए रातिदेखि नै सडक अवरूद्ध बनेको हो। उक्त स्थानमा सडकभन्दा करिब ५० मिटर माथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक अवरूद्ध छ।

सडकको दुवैतर्फबाट पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए। उक्त स्थानमा विगतदेखि नै सामान्य वर्षा हुने वित्तिकै पटकपटक सडक अवरूद्ध हुने गरेको छ। सडक अवरूद्ध बनेपछि विभिन्न मालबाहक ढुवानीका सवारी साधनसँगै एम्बुलेन्स सेवासमेत प्रभावित बनेको छ।

कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बागलुङ, म्याग्दी, मुस्ताङलगायत स्थानबाट थप उपचारका लागि पोखरा लैजानुनपर्ने बिरामी प्रभावित बनेका छन् भने अत्यावश्यक कामका लागि आवातजावत गर्ने सर्वसाधारण पनि मर्कामा परेका छन्।

सडक अवरूद्ध हुँदा साविक धौवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधन पर्वतको नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाडौंका लागि छुटेका सवारी साधन पनि गन्तव्यमा पुग्न सकेका छैनन्।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *