अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशैभर जनजीवन अस्तव्यस्त (फोटो फिचर)

काठमाडौं : अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ। 

गएरातिदेखि परेको वर्षाले  चितवनको  ईच्छाकामना गाउँपालिका-६ नारायणगढ-मुग्लिन सडक खण्डको २ किलो र ५ किलोस्थितमा गएराति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ।

यस्तै, तनहुँको बन्दिपुर गाउँपालिका-४ डुम्रेबजार, सोही गाउँपालिका-१ चिसापानी र ब्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ।

पहिरोका कारण अवरोध भएको सडक खुलाउन नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक पहल गरिरहेको भने यता बाढीले व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बगाएको छ। उक्त पुल बगाएपछि बुद्धसिंमार्ग अन्तरगत बेलबास, पोखरीभञ्ज्या, बेनिकोट, गुदी, सुडको पुल साराङ हुँदै चितवन जोडिने मार्ग अवरुद्ध भएको छ।

त्यसैगरी, निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ। केहि दिन अघि मेलम्ची खोलाले धनजनको क्षति गराएको थियो। अहिले फेरि पनि स्थानीयलाई त्रसित बनाएको छ। १६ गते दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिम बनाएको भन्दै सतर्क रहन प्रहरीले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउन सक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरेको छ।

असार १ गते र ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको बर्षाले कटान गरिरहेको मेलम्ची- ११ का स्थानीय वासी दशरथ दनुवारले जानकारी दिए। खोलाको मात्रा बढिरहेको छ। अस्ति बचेको घर पनि लैजाने भो ज्यान जोगाउन मुस्किल छ दनुवारले भने।

यस्तै, बैतडीको दोगडाकेदार गाउँपालिकाको खोचलेकदेखि चडेपानी जोड्ने सडकमा वर्षाका कारण पुगेको क्षति। केही दिनअघि परेको लगातारको वर्षाका कारण यहाँका अधिकांश ग्रामिण सडकमा क्षति पुगेको छ।

 

 
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:५२
    • 9 views
    अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

    ७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 9 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *