पहिरोले बगायो चेपाङका चार घर, तीन घरका सदस्य बेपत्ता

चितवन :  लगातार परेको वर्षाका कारण जिल्लाको पहाडी भेगमा बसोबास गर्ने चेपाङका चार घर पहिरोले बगाएको छ। राप्ती नगरपालिका-१२ वाक्राङका तीन घर र कालिका नगरपालिका-१० सिद्धिको एक घर गएराति पहिरोले बगाएको हो।

 

वाक्राङमा पहिरोले बगाएका चेपाङका तीन घरमा बसोबास गर्ने कुनै पनि सदस्य फेला नपरेको स्थानीय सन्दिप चेपाङले जानकारी दिए। विकट बस्ती भएकाले तत्काल त्यस स्थानमा पुगेर उद्धार गर्ने सम्भावना नरहेको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताइन्।

‘तत्कालै त्यहाँ पुगेर उद्धार गर्न सक्ने सम्भावना छैन। हामीले थप विवरण थाहा पाउन पनि सकिरहेका छैनौँ। सवारी साधन त्यहाँसम्म पुग्न नसक्ने भएकाले मान्छेलाई पैदल पठाएर थप बुझ्ने प्रयासमा छौँ’, उनले भनिन्। तीन घरमा कति जना सदस्य थिए भनेर कुनै विवरण नआएको उनले बताइन्।

 त्यसैगरी, कालिका नगरपालिका–१० सिद्धिस्थितछेरबाङमा मंगलीमाया चेपाङको घर पहिरोले बगाएको छ। घर बगाउँदा ४ वर्षीय बालक घाइते भएको चेपाङको उद्धार तथा संरक्षणमा क्रियाशिल केपी किरण शर्माले बताए। अन्य सदस्यहरु भने भागेर बाँच्न सफल भएको उनले बताए।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २८, सोमबार १८:३५
  • 27 views
राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

विस्तृत.....

  • २०८१ माघ २६, शनिबार १५:३८
  • 26 views
खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *