पहिरोले बगायो चेपाङका चार घर, तीन घरका सदस्य बेपत्ता

चितवन : लगातार परेको वर्षाका कारण जिल्लाको पहाडी भेगमा बसोबास गर्ने चेपाङका चार घर पहिरोले बगाएको छ। राप्ती नगरपालिका-१२ वाक्राङका तीन घर र कालिका नगरपालिका-१० सिद्धिको एक घर गएराति पहिरोले बगाएको हो।
वाक्राङमा पहिरोले बगाएका चेपाङका तीन घरमा बसोबास गर्ने कुनै पनि सदस्य फेला नपरेको स्थानीय सन्दिप चेपाङले जानकारी दिए। विकट बस्ती भएकाले तत्काल त्यस स्थानमा पुगेर उद्धार गर्ने सम्भावना नरहेको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताइन्।
‘तत्कालै त्यहाँ पुगेर उद्धार गर्न सक्ने सम्भावना छैन। हामीले थप विवरण थाहा पाउन पनि सकिरहेका छैनौँ। सवारी साधन त्यहाँसम्म पुग्न नसक्ने भएकाले मान्छेलाई पैदल पठाएर थप बुझ्ने प्रयासमा छौँ’, उनले भनिन्। तीन घरमा कति जना सदस्य थिए भनेर कुनै विवरण नआएको उनले बताइन्।
त्यसैगरी, कालिका नगरपालिका–१० सिद्धिस्थितछेरबाङमा मंगलीमाया चेपाङको घर पहिरोले बगाएको छ। घर बगाउँदा ४ वर्षीय बालक घाइते भएको चेपाङको उद्धार तथा संरक्षणमा क्रियाशिल केपी किरण शर्माले बताए। अन्य सदस्यहरु भने भागेर बाँच्न सफल भएको उनले बताए।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै