बाढी पहिराे अपडेटः पहिरोमा परी तनहुँमा दुई जनाको मृत्यु

तनहुँ । अविरल वर्षासँगै आएको पहिरोमा परी तनहुँमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–३ तामुङकी ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
त्यस्तै गरी शुक्लागण्डकी नगरपालिका–९ स्थित सिम्लेमा पहिरो खस्दा दुईवटा घरमा क्षति भएको छ ।
स्थानीय खगिसरा भुजेलको दुई वटा घर पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यस्तै छाक्दी खोलामा आएको बाढीले व्यास नगरपालिका १ र १३ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि बुद्धसिंह मार्ग अवरुद्ध भएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको