गुगल र माइक्रोसफ्टबीच ६ वर्ष अगाडिको सम्झौता भङ्ग
विश्वमा प्रविधि क्षेत्रका सबैभन्दा ठूला मध्येका दुई कम्पनी हुन् माइक्रोसफ्ट र गुगल । यी दुई कम्पनीहरु विभिन्न क्षेत्रमा प्रतिस्पर्धीको रुपमा रहेका छन् र कहिलेकाहीँ त्यस्तो प्रतिस्पर्धा तिक्त बन्दा एक अर्कामा कानूनी लडाइँसम्म हुने गरेको इतिहास छ ।
त्यस्तो परिप्रेक्ष्यमा सन् २०१५ मा यी दुई कम्पनीबीच एउटा सम्झौतमा हस्ताक्षर भयो । जस अनुसार माइक्रोसफ्ट र गुगलले एक अर्काविरुद्ध मुद्दा नहाल्ने सहमति गरे ।
तर अहिले माइक्रोसफ्ट र गुगलले ६ वर्ष अगाडिको उक्त सम्झौता भंग गर्ने निर्णय गरेका छन् ।
यसअघि त्यो सम्झौता गत अप्रिल महीनामा नवीकरण हुने अपेक्षा गरिएको थियो । तथापि दुई कम्पनीले त्यसलाई निरन्तरता नदिने निधो गरेका हुन् । फाइनान्सियल टाइम्समा प्रकाशित रिपोर्ट अनुसार एक अर्काविरुद्ध मुद्दा नहाल्ने उक्त सम्झौताले दुई कम्पनीबीचको सहकार्यका लागि खासै राम्रो भूमिका नखेलेको ठहर गर्दै त्यसलाई नवीकरण नगर्ने निष्कर्षमा माइक्रोसफ्ट र गुगल पुगेका हुन् ।
सन् २०१५ मा उक्त सम्झौतमा हस्ताक्षर हुँदा माइक्रोसफ्ट र गुगल बीच विश्वका विभिन्न अदालतमा झण्डै २० वटा अन्तर्राष्ट्रिय मुद्दा थिए । उक्त सम्झौतासँगै ती मुद्दा खारेज भए र दुई कम्पनीहरु आर्थिक लेनदेनलयायतका विषयमा सहमति गरेर विवादको टुंगो लगाए ।
फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार उक्त सम्झौताबाट माइक्रोसफ्टले भन्दा गुगलले बढी फाइदा लिएको थियो । कतिपयले चाहिँ सम्झौताकै कारण गुगलले आफ्ना एन्ड्रोइड एपलाई विन्डोज अपरेटिङ सिस्टमभित्र छिराउन सफल भएको टिप्पणी गरेका छन् ।
माइक्रोसफ्टले हालै सार्वजनिक गरेको विन्डोज ११ मा एन्ड्रोइड एपहरु चल्ने बताइएको छ । त्यसका लागि अमेजन एप स्टोरबाट एन्ड्रोइड एपहरु डाउनलोड गर्नुपर्ने हुन्छ ।
एजेन्सी
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी