गैंडाकोटकी बिना सापकोटा आठ दिनदेखि बेपत्ताः

एन सन्चार, गैंडाकोट–४ निवासी ५० वर्षीय जयश्वर सापकोटाकी २१ वर्षीय छोरी बिना सापकोटा बेपत्ता भएकी छिन । निरन्तर आठौ दिनसम्म पनि खोजिकार्य जारी छ, तर अत्तोपत्तो छैन ।

असार १४ गते खोजीमा लागेका बुबा जयश्वर कहाँमात्र पुगेनन् होला ? उनी भन्छन्, ‘मेरो पहुँचले भ्याएको सबै ठाउँ पुगिसकियो, तर अहिलेसम्म छोरीको न लाश भेटियो, न सास ।’ उनकाअनुसार प्रहरी पनि बिनाको खोजीमा जुटिरहेको छ, तर हालसम्म केही पत्तो पाउन सकेको छैन ।

गैँडाकोट इलाका प्रहरी कार्यालय, चितवन जिल्ला प्रहरी कार्यालय बिनाको खोजीमा जुटेको एक हप्ता भयो । अहँ, केही सुराक पाउन सकेको छैन । ‘बुटवलदेखि पोखरासम्म, काठमाडौँदेखि चितवनसम्म सबै खोजिएको छ’, बुबा जयश्वरले भने, ‘तर हालसम्म केही भेटिएको छैन ।’

कहाँबाट बेपत्ता भइन् बिना ?
गैंडाकोटको जनक कलेजमा बिबिएस तेस्रो वर्षमा पढ्थिन् बिना । बिना आधा घन्टामै फर्केर आउँछु भन्दै घरबाट निस्केकी हुन् । त्यसपछि उनी अहिलेसम्म घर फर्केकी छैनन् । परिवारका अनुसार भरतपुर–४ यज्ञपुरीका एक युवकसँग उनी पाँच वर्षदेखि प्रेममा थिइन् । बेलायत रहेका युवक यही वैशाखमा घर आएका थिए । बिना र ती प्रेमी युवकको घर आउजाऊ भइरहन्थ्यो । आफ्नो प्रेमीसँग बिना असार १४ गते दिउँसो आधा घन्टामा फर्कन्छु भनेर घरबाट निस्केकी हुन् ।

प्रेमी युवक र बिना भरतपुर–६ यज्ञपुरी आएका र चौबिसकोठीमा युवक बैंकमा पसेपछि त्यहाँबाट बेपत्ता भएकी बिना हालसम्म फेला नपरेकी चितवन प्रहरीको भनाइ छ । प्रहरीले उनका प्रेमीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले जयश्वरले छोरी हराएको विषयमा सुरूमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा मौखिक र पछि जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी दिएका थिए।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ५, शनिबार २१:१८
    • 11 views
    निम्ता मानेर फर्केका मानवहादुर घरै अगाडी दुर्घटनामा परि सधैका लागी अस्ताय ।

    एन.सन्चार माघ ५, कावासोती । माघ ४ गते सपरिवार सहित आफन्तजनको वैवाहिक समारोहमा उपस्थित भै घर फर्किने क्रममा वस वाट ओर्लि दुइपाइला को दुरीमा रहेको घर पुग्न पुर्व पस्चिम राजमार्ग…

    विस्तृत.....

    • २०८१ माघ ५, शनिबार २१:०५
    • 13 views
    स्कूल बसमा पनि ट्राफिक चेकिङ्ग सुरु, पहिलो दिन ९ वटा बसमाथि कारवाही

    कावासाेती । नवलपुरका स्कुल बसमा पनि ट्राफिक चेकिङ सुरु भएको छ । स्कूल बसमा पनि ट्राफिक नियम उल्लंघन हुने गरेको घटनाहरु बाहिर आएपछि जिल्ला ट्राफिक प्रहरीले ट्राफिक चेकिङ्ग सुरु गरेको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *