काठमाण्डौं लगायत देशभर भारी वर्षा, विभिन्न स्थानमा बाढी र पहिरो

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सामान्यदेखि पूर्ण बदली भएर काठमाडौ उपत्यकालगायत देशका विभिन्न भागमा रातिदेखि लगातार वर्षा भइरहेको छ ।
प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लगातारको वर्षाका कारण आएको पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण सयौं यात्रु बाटोकै अलपत्र परेका छन् । उक्त स्थानमा पहिरो पन्छाएर बाटो खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाको अनुमान छ ।
साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन पनि महाशाखाको सबैमा अनुरोध छ ।
यसैविच नवलपुरको कावासोती नगरपालीका भित्रका अधिकांस वडाहरु डुवानमा परेका छन । बाढीका कारण कावासोतीको मध्यभागमा रहेको पुर्वपस्चिम राजमार्ग पनि अवरुद्ध बनेको छ ।
विस्तृत भिडियोमा

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा