कावासोतीमा सडक भासियो,पुर्वपस्चिम राजमार्ग अवरुद्धः कावासोती वजार डुवानमा (भिडियाेसहित)

कावासोती । बिहानैदेखि परेको बर्षाले पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । केरुङ्गे खोलामा आएको बाढी पसेपछि कावासोती जलमग्न बनेको छ । पूर्वपश्चिम राजमार्गको सडक माथिबाट पानी बगिरहेको छ । 

डिभिजन वन कार्यलय कावासोती अगाडिको कलवर्ड पानी बहावले बगाएपछि सडक भासिएको छ ,जसले गर्दा पूर्वपश्चिम राजमार्ग ठप्प भएको छ । कावासोतीको बिपिचोकमा रहेका पसल तथा घरभित्रै पानी पसेकाे छ ।

कावासोतीका धेरै घरभित्र पानी पसेको छ । कावासोतीको फलफुल चोक देखि सभापति चोक सम्म सडकमाथि नै पानी खोला झै बगिरहेको छ ।पानी अझै पनि निरन्तर परिरहेकाले नदी तटिय क्षेत्रमा रहेका स्थानिय सर्तक रहन प्रसाशनले आग्रह गरेको छ ।

विस्तृत भिडियाेमा…..