पत्रकार एमबी आस्थाकाे पाेल्टामा यस वर्षको कौरा पत्रकारिता पुरस्कार
शारदा झेडि, २६ असार।।
नेपाल मगर पत्रकार संघ, कास्कीले प्रदान गर्दै आएको “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७८”बाट यस वर्ष कास्कीका पत्रकार एमबी आस्था मगर पुरस्कृत हुदै छन।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालले स्थापना गरेको सो पुरस्कारबाट पत्रकार मगरलाई पुरस्कार राशि नगद रु १० हजार रुपैयाँ सहित ताम्रपत्रले सम्मानित गर्न लागिएको संघका अध्यक्ष रूद्रबहादुर हितान मगरले जानकारी दिए ।
पुरस्कारका लागि गठित छनौट समितिको सिफारिस अनुसार मगर पत्रकार संघ, कास्कीको शनिबार सम्पन्न बैठकले पत्रकार मगरको नाम सर्वसम्मत अनुमोदन गरेको जनाइएको छ। संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्व रहेको छनौट समितिमा हर्क आलेमगर, तारामाया थापामगर, नरमाया आलेमगर र रूद्रबहादुर हितानमगर रहनुभएको थियो ।
मगर जातिको मौलिक संस्कृतिको रुपमा रहेको कौरा नाचको संरक्षण उत्थान र प्रवद्र्धनमा पत्रकारिता क्षेत्रबाट योगदान दिने मगर पत्रकारहरुबाट एकजना छनोट गरि हरेक वर्ष यस पुरस्कारबाट सम्मान गरिँदै आएको छ । हरेक वर्ष जेठ १५ गते कौरा संरक्षण समितिको स्थापना दिवसका दिन प्रदान गरिने गरिएतापनि हालको विषम परिस्थिती र कोरोना महामारीका कारण पुरस्कार वितरणको समय सरेको समितिका अध्यक्ष हर्क आलेमगरले जानकारी दिए ।
यसअघिनै सो पुरस्कारबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)की कमला रानामगर, कास्कीका तिलकप्रसाद पुनमगर र तनहुँका प्रताप रानामगर पुरस्कृत भैसकेका छन । साउन संक्रान्तिको अवसर पारेर विशेष कार्यक्रमको आयोजना गरि सो पुरस्कार वितरण गरिने कार्यसमिति सदस्य मीना थापामगरले जानकारी दिइन ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी