देउवालाई जिताउन सस्थापन पक्ष बन्यो सक्रिय ।

काठमाडौं : महाधिवेशनको मिति नजिँकिँदै गर्दै नेपाली कांग्रेसमा दुवै पक्षका नेताहरुले आन्तरिक छलफललाई तीव्र पारेका छन्।

सस्थापनइतर पक्षका नेताहरुले आफ्नो समूहबाट सभापतिमा साझा उम्मेदवार बनाउन लामो समयदेखि छलफल गरिरहेका छन्।

सभापति शेरबहादुर देउवा पक्षमा रहेका उपसभापति विमलेन्द्र निधिसमेत सस्थापनइतर पक्षका नेताहरुसँग मिलेर सभापतिको उम्मेदवार बन्ने तयारीमा छन्।

त्यसका लागि निधिले बिपी पुत्र शशांक र गणेशमान पुत्र प्रकाशमानसँगै लिएर छलफल चलाइरहेका छन्। सस्थापनइतर पक्षले महाधिवेशन केन्द्रीत छलफललाई तीव्रता दिएपछि सस्थापन पक्ष पनि जुर्मराएको छ।

सस्थापनइतर पक्षबाट को उम्मेदवार बन्ने भन्ने एकिन भइनसके पनि सस्थापन पक्षले भने देउवालाई नै सभापतिको उम्मेदवार बनाउने देखिएको छ। देउवालाई पार्टी सभापतिमा देहोर्‍याउन उनको समूहका केही नेताहरुले शनिबार छलफल गरेका छन्।

नयाँ बानेश्वरको शान्तिनगरस्थित आनन्द इभेन्टमा भएको छलफल देउवाको पक्षमा माहोल बनाउने विषयमा केन्द्रीत बनेको बुझिएको छ। उक्त्त छलफलले देउवालाई सर्वसम्मत सभापति बनाउन प्रयास गर्ने निश्कर्ष निकालेको छलफलमा सहभागी एक नेताले बताए।

केन्द्रीय सदस्य वीरबहादुर बलायरकाे अग्रसरतामा उक्त छलफल भएको हो। ‘आगामी महाधिवेशनमा सभापतिमा देउवालाई कसरी जिताउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत भयो’ छलफलमा सहभागी एक नेता भने,‘देउवाको पक्षमा माहोल जुटाउन आगामी दिनमा निरन्तर छलफल चलाउनुपर्नेमा सबैले जोड दिए।’

नेता बलायरले महाधिवेशनको मुखमा पनि संस्थापन पक्ष सुत्यो भन्ने मानसिकता देखिन थालेपछि हामी पनि सक्रिय हुनुपर्छ भन्ने लागेर छलफलको शुरुवात गरिएको बताए।

‘सभापति देउवाले सातवटै प्रदेशका नेताहरुसँग छलफल गरेर आफुलाई पार्टीभित्र लागेको दोष मेटाउने गरि महाधिवेशन गर्न तयारीमा लाग्न भनिसक्नु भएको थियो। हामीले त्यही अनुसार एकजुट भएर एकताको रुपमा महाधिवेशनमा लाग्यौँ है भन्ने सन्देश हो आजको त्यो भेटघाट’ बलायरले भने,‘सभापतिको पक्षमा एकजुट भएर हामी लाग्न शुरु भएका छौँ। केही साथीहरु उपत्यका बाहिर हुनुहुन्छ। केही दिनपछि फेरि बस्दै छौँ।’

त्यसपछि आफूहरु जिल्ला फर्केर महाधिवेशनका विभिन्न आयामसँग छलफल गर्ने उनले जानकारी दिए। देउवाले आफूमाथि पार्टीको अधिवेशनको बिषयलाई लिएर बिभिन्न आरोप आएपछि जसरी पनि महाधिवेशन हुनुपर्छ भनेर तयारी गर्न निर्देशन दिएको बलायरले बताए।

‘आफूलाई सभापतिमा फेरि जिताउने गरि तयारी गर्नुस् भनेपछि हामी त्यही अनुसार लागेका हौँ’ बलायरले भने। छलफलमा बलायरले देउवालाई जिताउन सबै आ आफ्नो ठाउँबाट सक्रिय भएर लाग्नुपर्ने बताएका थिए।

पार्टीलाई पुरानो अवस्थामा पुर्‍याउन देउवाले फेरि सभापतिमा उठ्न चाहेकाले उनलाई जिताउन सबै एकीकृत भएर आ आफ्नो ठाउँबाट लाग्नुपर्छ भनेर उनले सम्बोधन गरेका थिए।

छलफलमा बालकृष्ण खाणले पनि सभापति देउवालाई दोहोर्‍याउन सबैले लाग्नु पर्ने बताएका थिए। उनले देउवालाई जिताउँदा मात्रै सबैका लागि सुखद हुने धारणा राखेका थिए। छलफलमा केन्द्रीय सदस्यहरु बलायर, खाणसहित एनपी साउद, सुरेन्द्र पाण्डे, सीता गुरुङ, शंकर भण्डारी, चीनकाजी श्रेष्ठ, भीष्मराज आङ्देम्बे, महेश चौरासिया, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, डिला संग्रौला, पार्वती डिसी चौधरी, महेन्द्र यादव, अजय चौरासिया, किरण गिरीलगायत सहभागी थिए। 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ११, शुक्रबार १२:०२
    • 34 views
    विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

      माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 9 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *