कञ्चन पत्रकारिता पुरस्कारका लागि छनौट समिति गठन, संयोजकमा अधिबक्ता थापा

शारदा झेडीमगर ,असार २७।।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशले प्रदान गर्दै आएको “कञ्चन पत्रकारिता पुरस्कार–२०७८”का लागि प्रतिभा छनौट समिति आईतबार गठन गरेको छ ।

फोनिज, गण्डकी प्रदेशको आइतबार बसेको बैठकले नेपाल बार एशोसिएसनका उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको अध्यक्ष एमबी आस्था मगरले जानकारी दिनुभयो ।

छनौट समितिका सदस्यहरूमा फोनिज, गण्डकी प्रदेशका इञ्चार्ज हुमबहादुर गुरुङ, सल्लाहकार अधिवक्ता जुनाकुमारी गुरुङ, अध्यक्ष एमबी आस्था मगर र महासचिव रूद्रबहादुर श्रीसमगर रहनुभएको छ ।

सो पुरस्कारबापत गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका दुई जना आदिवासी जनजाति पत्रकारलाई जनही २५ हजार रुपैयाँ नगद र ताम्रपत्रसहित पुरस्कृत गरिने अध्यक्ष मगरले बताउनुभयो ।

फोनिजको स्थापना दिवसका अवसरमा आगामी साउन २७ गते सो पुरस्कार प्रदान गरिने महासचिव श्रीसले जानकारी दिनुभयो ।

सो पुरस्कारबाट पहिलोपटक कास्कीका पत्रकार रूद्रबहादुर हितानमगर र बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी पुरस्कृत हुनुभएको थियो ।

 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार १९:१०
    • 7 views
    दलित जागरण अभियानको केन्द्रीय सभारण सभा नवलपुरमा हुने

    नवलपुर, माघ २ गते । दलित जागरण अभियान नेपालको दशौं केन्द्रीय साधारण सभा नवलपुरमा हुने भएको छ । नवलपुरको देवचुलीस्थित बरचुली माविको प्राङ्गढमा माघ १८ गते दशौं साधारण सभा तथा बृहत…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार १९:०८
    • 7 views
    जिल्ला प्रहरी कार्यालय सेरोफेरोमै श्रृङ्खलावद्द चोरीका घटना, के भन्छ प्रहरी प्रशासन ?

    कावासोती ।  जिल्ला सदरमुकाम कावासोतीमा चोरीका घटना बढ्न थालेपछि नवलपुर उघोग बाणिज्य संघले प्रहरीको ध्यानाकर्षण गराएको छ । नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल नेतृत्वको टोलीले जिल्ला प्रहरी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *