प्रधानले तनहुँकी सुनारविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिइन्

जातीय विभेदको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानले तनहुँकी रूपा सुनारविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्। प्रधानले रूपाविरूद्ध आइतबार दिउँसो महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

आफ्नो बेइज्जति गरेको, अफवाह फैलाएको लगायतमा प्रधानले जाहेरी दिएकी छन्,उनले भने। आफूविरूद्ध बेइज्जती गरेको, झुठ्ठो अफवाह फैलाएको, वैयक्तिक गोपनियता भंग गरेको र प्रतिलिपी अधिकार उल्लंघन गरेको भन्दै प्रधानले रूपाविरूद्ध जाहेरी दिएकी हुन्।

कोठा माग्न जाँदा थरकै कारण नदिएको भन्दै रूपाले प्रधानविरूद्ध असार १ गते जातीय भेदभावको कसुरमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रधानलाई प्रहरीले पक्राउ गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *