स्याङ्जा र गोरखा जिल्लामा कारोना भाइरसका नयाँ भेरियन्ट फेला
गण्डकी प्रदेशका स्याङ्जा र गोरखा जिल्लामा कारोना भाइरसका नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको विज्ञप्ति अनुसार ती जिल्लामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको छ ।
स्याङ्जाकाे कालिगण्डकीका २ पुरुष र गाेरखा बारपाक सुलिकाेटका ३ महिलामा नयाँ भेरियन्टसहितको संक्रमण पुष्टि भएकाे हाे ।
निर्देशनालयका अनुसार गण्डकी प्रदेश जनस्वास्थ्य प्रयाेगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि जेठ ३१ गते जनस्वास्थ्य प्रयाेगशाला काठमाण्डाैं पठाएका ५ वटा नमुनाहरुमा नयाँ भेरिएन्ट फेला परेको हो ।
कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएसँगै सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन निर्देशनालयले अनुरोध समेत गरेको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी