चप्पल उद्योगमा लागेकाे आगाे २ घण्टापछि नियन्त्रणमा

पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिकास्थित नदवामा रहेकाे एक चप्पल उद्योगमा लागेकाे आगाे २ घण्टापछि नियन्त्रणमा आएकाे छ ।

मिलानाे एक्सन पाेलिमर्स नामक चप्पल उद्योगमा साेमबार सांझ ६ बजेदेखि लागेकाे आगाे २ घण्टापछि नियन्त्रणमा आएकाे प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।

उद्योगमा वल्डिङकाे काम गर्ने क्रममा निस्केकाे झिल्काे नजिकै रहेका केमिकलहरूमा सल्केपछि आगलागी भएकाे उद्योगका कर्मचारीले बताएका छन् । उद्योग परिसरमा केमिकलका ड्रम बढी राखिएकाले त्यसैमा आगलागी हुंदा आगाे नियन्त्रण बाहिर गएकाे थियाे ।

आगलागी पछि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीसहित रूपन्देही र नवलपरासीका ४ वटा दमकलले आगाे नियन्त्रणमा लिएका थिए । क्षतिकाे विवरण आउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।