हिन्दु धर्म संरक्षणमा जोड दिनुपर्छ : पुष्पराज पुरुष

माधव सुवेदी , फाल्गुण २१,||
नेपाल सनातन धर्म संस्कृति संगठनका केन्द्रिय अध्यक्ष पुष्पराज पुरुषले आफनो शरिर नै भगवान हुनेमा जोड दिदैं धर्मलाई मात्र नभई राष्ट्रलाई बचाउने अभियानमा लागेको बताउनुभएको छ । देवचुली नगरपालिका वडा नं १६ मा अवस्थित श्री सर्वेश्वर सिवालय मन्दिरको परिषरमा एक कार्यक्रमका विच उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले हिन्दु राष्ट्र बचाउनको लागि आफु परिर्वतन हुनुपर्नेमा जोड दिदैं मेचि काली अभियानको यात्रामा हिडेको समेत बताउनुभयो । सृष्टिकाल देखि नै नेपाल तपोभुमी र धर्म सस्कृतिको धरोहरको रुपमा रहेको मुलुक भएतापनि प्रायोजीत दलहरुले आफनो अभीष्ट धर्मनिरपेक्ष जस्तो तल्लो स्तरको शब्द संविधानमा राखेर देश, जनता, कुल, पितृ, देवता र नेपालीको धर्मसंस्कृति र ऋषि परम्परालाई नै अपमान गरेको संगठनका अध्यक्ष पुरुषले एन सञ्चारलाई जानकारी दिनुभयो ।
नेपाल सनातन धर्म संस्कृति संगठनकी अभियान्ता सिता वस्यालले धार्मिक विषयमा हरेक क्षेत्रमा रहेका शक्तिशालि गठबन्धन मार्फत सबै समाधान गदैं धार्मिक मान्छेहरुको पार्टीहरुमा आवश्य नेतृत्व बढाउन र धार्मिक क्षेत्रमा परेका हरेक राजनीतिक समस्याहरुलाई समाधान गर्दै “धर्मराजनीतिक” बनाउने बताउनुभयो । कार्यक्रममा देवचुली १६ रजहरका जुजारु युवाहरुमा सन्तोष थापा,प्रेम जिसी, गिर बहादुर थापा , नेपाल सनातन धर्म संस्कृति संगठन विभाग प्रमुख दिपक महाराज लगाएतको उपस्थिती रहेको थियो ।
ं

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै