गाँजासहित कन्टेनर र एक व्यक्ति पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाडी जाँचका क्रममा प्रतिबन्धित ४० किलो लागुऔषध गाँजासहित कन्टेनर र त्यसमा संलग्न एक व्यक्तिलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा कन्टेनरका सहचालक नुवाकोटको बेलकोटगढी नगरपालिका– ४ का १९ वर्षीय दिपक गुरुङ रहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरीतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ३०४१ नम्बरको कन्टेनरलाई प्रहरीले जाँच गर्दा सो कन्टेनरमा लुकाइछिपाइ ल्याइएको ४० किलो गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
कन्टेनर चालक फरार रहेकाले खोजी भइरहेको बताइएको छ । प्रहरीले बरामद भएको गाँजा र कन्टेनर तथा सहचालक गुरुङलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता रिमालले बताउनुभयो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी