भुपु सैनिक परिवार बचत तथा ऋण सहकारी सस्थाको नियमित बैठक बिहीवार सप्पन्न ।

शारदा झेडी मगर, असार ३१ ।।

भुपु सैनिक परिवार बचत तथा ऋण सहकारी सस्थाको नियमित बैठक बिहीवार सप्पन्न भएको छ ।

सस्थाका अध्यक्ष सुबेदार राम बहादुर रानाको अध्यक्षतामा बसेको बैठकले आर्थिक बर्ष ०७७/०७८ को आय ब्यय प्रस्तुत गर्नुका साथै आगामी बर्षको नीति तथा कार्ययोजना पारित गरिएको छ ।

कार्यक्रममा भुपु कल्याणकारी सस्था र भुपु सहकारी सस्थाका संरक्षक कर्णेल धन बहादुर मास्की राना लगायत सल्लाहकारहरु न.सु. लोक नाथ पौडेल,सुबेदार मेजर बुद्धि बहादुर गुरुङ , हनेरी क्याप्टेन धन प्रताप सेन, क्या काशीराम गुरुङ सस्थाका सल्लाहकार संयोजक सुबेदार अर्जुन राना लगायत सम्पूर्ण संचालक समिति उपसमितिका पदाधिकारीहरुको सहभागिता रहेको अध्यक्ष सुबेदार राम बहादुर रानाले जानकारी दिनुभयो ।

कार्यक्रमको संचालन सस्थाका सचीव रबि केसिले गर्नु भएको थियो ।