लुम्बिनी प्रदेश सरकार फेरि विवादमा

लुम्बिनी प्रदेश सरकार फेरि विवादमा तानिएको छ । प्रदेशसभामा प्रस्तुत बजेटका विषयमा थप छलफल गर्न सत्तारुढ दलले मागेको समय दिन विपक्षी दल तयार नभएपछि सत्ता पक्षले नै सदन बहिष्कार गरेको छ ।
एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बजेटका विषयमा थप छलफल गर्न सभामुखलाई समय माग गरेका थिए । सभामुख पूर्णबहादुर घर्तीमगरले विपक्षी गठबन्धनका नेताहरुलाई समय दिनसक्ने वा नसक्ने भनी आफ्नो धारणा राख्न समय दिएका थिए ।
तर कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया तथा माओवादी सचेतक तुलाराम घर्तीले थप समय नदिने भन्दै आजै प्रकृयामा जान माग गरेपछि भाडभैलो मच्चिएको थियो ।
त्यसपश्चात सत्तारुढ दलका सबै सांसदले नै बहिस्कार गरी बाहिर निस्केका छन् । त्यसपछि सभामुखले आधाघन्टा सभा स्थगित गरेका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत