श्रावण १ देखि नेपालमा अवैध मोबाइल बन्द गर्ने सफ्टवेयर लागु, कस्ले कसरी दर्ता गर्ने ?

आजदेखि नेपाल दुरसंचार प्राविधिकरणले मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम लागु गरेको छ । पहिलो चरणमा व्यवसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा मोबाइल डिभाइज मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको नेपाल दुरसंचार प्राधिकरणले जनाएको छ । यो प्रणाली अवैध मोबाइल बन्द गर्ने उद्देश्यले ल्याइएको प्राधिकरणको भनाई छ ।
मोबाइल डिभाइज मेनेजमेन्ट सिस्टम नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम लगायत हरेक सेवा प्रदायकको सर्भरमा जोडिएको हुने र आईएमईआई दर्ता भएको नभएको खण्डमा सिममा नै मोबाइल प्रयोगकर्तालाई सुचना आउने नेपाल दुरसंचार प्राविधिकरणका सहप्रवक्ता अच्युत नन्द मिश्रले जानकारी दिए ।
प्राधिकरणले नेपालबाहिर किनिएका वा उपहारमा आएका मोबाइलका सन्दर्भमा आईएमईआई दर्ता नभएको खण्डमा दर्ता गर्नका लागि सिममार्फत नै सन्देश पठाउने भएको छ । नेपाल घुम्न आउने पर्यटकका सन्दर्भमा विदेशकै मोबाइलको रोमिङ सेवा लिएर आउनेहरुका सन्दर्भमा कुनै समस्या नहुने र नेपाल आएर नेपालको सिम प्रयोग गर्नेहरुलाई आईएमईआई दर्ता गर्न केही समय दिइने जनाइएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै