कांग्रेस पदाधिकारी बैठक सकियो, क्रियाशील सदस्यता छानविनको काम अन्तिम चरणमा

साउन १ । कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले ७५ जिल्लाको सदस्यता छानविन गरिसकेको जनाएको छ ।
समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता छानविनको काम अन्तिम चरणमा पुगेको भन्दै अब बारा र सप्तरीको कागजात हेर्न बाँकी रहेको बताउनुभयो ।
शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरवहादुर देउवाको सरकारी निवास बालुबाटारमा बसेको पूर्व पदाधिकारी सहित पदाधिकारीहरुको बैठक पश्चात् सञ्चारकर्मीहरुसँग कुरागर्दै संयोजक लेखकले प्रतिवेदन बुझाउनका लागि प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवासँग समय मागेको बताउनुभयो । बैठकले केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकाको मस्यौदामाथि छलफल गरी अन्तिम रुप दिन सहमहामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई जिम्मेवारी दिएको छ ।
बैठकमा वडादेखि केन्द्रसम्मको निर्वाचन गराउने जिम्मेवारी लिएको निर्वाचन समितिका अन्य तयारीका विषयमा समेत छलफल भएको जनाइएको छ । समिति संयोजक लेखकका अनुसार अहिलेसम्म आठ लाख ५२ हजार क्रियाशील सदस्य सूचीकृत भएको तथा क्रियाशील सदस्यको संख्या जनसम्पर्क समितिसहित ९ लाख हाराहारी पुर्याउने तयारी छ ।

मङ्लबार, अशोज १६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव