१८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्ध खोप दिने मन्त्रिपरिषदकाे निर्णय, १६ गतेभित्र थप ३२ लाख खोप भित्रिने

२ साउन, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानलाई तीव्रता दिने भएको छ ।
नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै मातहतका निकायले कामलाई तीव्रता दिएका हुन् ।
सरकारले तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने गरी तयारी थालेको छ । १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने योजना तयार भैसकेको स्वास्थ्य तथा जनसंख्या मनत्रलायले जनाएको छ ।
आवश्यक खोपकोसमेत व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप पठाइसकिएको मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।
हाललाई भने ५५ वर्षमाथिका नागरिकहरुलाई खोप लगाउने कार्य जारी छ । चरणचद्ध रुपमा सबै नागरिकलाई छिट्टै नि:शुल्क खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप आपूर्ति समस्याको समाधान भैसकेको मन्त्रालयको दाबी छ । सहप्रवक्ता अधिकारीका अनुसार यही साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप आइपुग्ने छ भने १६ गतेसम्म ३२ लाख खोप भित्रिसक्ने छ । त्यसपछि निरन्तर आवश्यक खोप आउनेछ ।
साथै यसअघि दोस्रो डोज खोप लगाउन छुटेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुका लागि पनि खोपको व्यवस्थापन गरिसकेको मन्त्रालयले जानकारी गराएको छ ।
खोपको आपूर्ति मजबुत हुँदै गएकोले छिट्टै सबैलाई खोप उपलब्ध हुने भन्दै मन्त्रालयले खोप अभियान सफल बनाउन आग्रह गरेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै