कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयन गर्न शशांक निवासमा तीन कोइरालाको लञ्च मिटिङ

२ साउन, काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयन गर्न छलफल शुरु भएको छ ।

१४ औं महाधिवेशनमा कोइराला परिवारबाट महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वमा दावी गर्दै तयारी तीव्र पारेका छन् । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि नेताहरुबीच सहमति नभए आफू नेतृत्वमा दावी गर्ने बताउँदै आएकी छन् ।

कोइराला परिवारका यी तीन जना नै एकजुट नहुने अवस्था आएपछि परिवारबाट एक जना मात्रै नेतृत्वमा उठ्ने गरी सहमतिको प्रयास शुरु भएको हो ।  शनिबार दिउँसो शशांक निवास महाराजगञ्जमा शेखर, शशा‌क र सुजाताबीच खानासहितको बैठक शुरु भएको छ ।

संस्थापनइतर समूहबाट सभापतिका आधा दर्जन बढि आकांक्षी देखिएका छन् । तर कोइराला परिवारभित्रबाटै शेखर र शशांकले सभापतिका लागि बलियो उम्मेदवारका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

महामन्त्री कोइरालाले आफूहरुबीच सहमतिमा एउटा मात्रै उम्मेदवार बन्ने बताउँदै आएका छन् । शेखरले भने आफू कुनै पनि हालतमा पछि नहट्ने अडान लिँदै आएका छन् । १४ औं महाधिवेशनमा नेतृत्वका लागि दोहोरिन कांग्रेस सभापति शेरबहादुर देउवाले तयारी अगाडि बढाइसकेका छन् ।

संस्थापन समूहबाट उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर संस्थापन समूहबाट निधिका पक्षमा नेताहरु खुलेका छैनन् ।

यसअघि उपसभापति निधिकै पहलमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच तीन पटक छलफल भएको थियो । कांग्रेस संस्थापक नेताहरु वीपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका पुत्र नेतात्रयबीच सर्वसम्मत उम्मेदवार तय गर्न आलोपालो तीनै नेताका निवासमा छलफल भएको थियो तर उनीहरुबीच नेतृत्वमा सहमति हुन सकेन ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार १९:१२
    • 8 views
    रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

    कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। रविलाई ६० लाख धरौटीमा छाड्न…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार ११:१५
    • 11 views
    आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी

    कावासोती । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *