नवलपुरको विकास नै मेरो पहिलो प्राथमिकता हुनेछ : मुख्यमन्त्री पोख्रेल(भिडियाेसहित)
नवलपुर– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको विकास आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।
प्रदेश मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आइपुगेका पोखरेलले आज गैंडाकोट नगरपालिकामा स्थानीय पार्टी कमिटीले गरेको स्वागत कार्यक्रममा बोल्दै उनले आफ्नो ध्यान समग्र नवलपुरको विकासमा केन्द्रीत हुने बताए ।
गैंडाकोटदेखि नै राजमार्ग आसपासमा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै अपरान्ह १२ बजे बधाई लिन रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय आइपुगेका थिए ।
चिकित्सालयको भ्रमणका क्रममा पोखरेलले आफू प्राकृतिक चिकित्सालयको संस्थापन सदस्यसमेत भएको उल्लेख गर्दै प्राकृतिक चिकित्सा क्षेत्रमा प्रदेश सरकार विशेष ध्यान दिने बताए । हतारमा बजेट ल्याउनु परेको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले बजेटमा रजहरको प्राकृतिक चिकित्सालयलाई समेट्न नसकिएको उल्लेख गरे ।
मुख्यमन्त्री बनेपछि गृहजिल्ला आइपुगेका उनले आजै कावासोतीस्थित जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटपछि जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु तथा जिल्ला समन्वय समिति र पालिकाप्रमुखहरुसँग छुट्टाछुट्टै अन्तक्रिया गर्दैछन् ।
पोखरेलले नवलपुरको पहाडी दुई गाउँपालिका बौदिकाली र बुलिङटारबाहेक सबै पालिकामा भेटघाट गर्ने कार्यतालिका रहेको नवलपुर कांग्रेसले जनाएको छ ।
भोलि हुप्सेकोट गाउँपालिका, मध्यबिन्दु नगरपालिका र बिनयी त्रिवेणी गाउँपालिकाको भ्रमण गर्ने कार्यक्रम तय गरेका उनले नारायणी नदीबाट प्रभावित क्षेत्रको पनि निरीक्षण गर्दैछन् ।
भिडियाे यता ।
https://www.facebook.com/nsancharonline/videos/372524344433897
यसैविच
रजहरको प्राकृतिक चिकित्सालयमा निर्माणाधिन मोर्डन नेचुरोपेथी ट्रिटमेन्ट विल्डिङ्ग निर्माणकार्यको निरन्तरताको लागि अपुग रकमको समेत व्यवस्था गर्ने,
राष्ट्रिय गौरवको योजनामा समावेश गरि शिक्षण अस्पतालको रुपमा योग र प्राकृतिक चिकित्साको प्रादेशिक अस्पतालको रुपमा विकाश गर्न प्रदेश सरकारको ध्यानाकर्षण भएको र देशमा नै उत्कृष्ट कोभिड अस्पतालको सेवा प्रवाह गरि करिव ९०० जनाको सफल उपचार गरेकोमा चिकित्सालय व्यवस्थापनको मुक्तकंठले प्रशंसा गर्दै मुख्यमन्त्री पाेखरेलले धन्यवाद ज्ञापन गरेका थिय।
हाललाई एक करोड छुट्याइ सकियको र वाकी रकमको समेतको व्यवस्थापन हुने बताइएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी