एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, देउवालाई विश्वासको मत दिने २२ सांसदलाई कारबाही हुन सक्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्रीबाट हटाईएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगातार पार्टी संरचनाको बैठक राखिरहनुभएको छ ।
केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।
हिजो मात्रै पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वाशको मत दिएपछि आज बस्न लागेको केन्द्रिय कमिटिको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।
एमाले स्थायी कमिटिको बैठकले हिजो देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले रहन नसक्ने निर्णय गरेको थियो । आजको बैठकले नेकपा एमालेमा विगत तीन महिनादेखि जारी एकताको प्रयासलाई कता लैजान्छ भन्ने चासो बढेको छ ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै