आजदेखि ‘जाेन्सन’ खाेप लगाईने, ५० देखि ५४ वर्षको उमेर समूहलाई प्राथमिकता

काठमाडौं । काठमाडौमा आजदेखि कोरोना विरुद्धको अमेरिकी खोप जाेन्सन लगाईने भएको छ । अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जेन्सेन खोप एक मात्रा लगाए पुग्छ ।
विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा मार्फत अमेरिकाले नेपाललाई यो खोप उपलब्ध गराएको हो । आजबाट यो खोप लगाउन ४४ वटा खोप केन्द्र तोकिएका छन् ।
अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।
पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले समेत यो खोप लगाउन पाउने छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको