सप्तकोशीमा पानीको बहाव उच्च, २९ ढोका खोलियो ।

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोशीमा पानीको बहाव उच्च भएको हो ।
सप्तकोशीमा मंगलबार दिउँसो ४ बजे पानीको बहाव बढेर प्रतिसेकेण्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । पानीको बहाव उच्च भएपछि ब्यारेजको ५६ ढोका मध्य २९ वटा ढोका खोलिएका छन् ।
सप्तकोशीमा पानी बढेपछी कोशी आसपासका बासिन्दालाइ सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
कोशीको बाढीबाट हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको शसस्त्र प्रहरीको उद्धार टोली कोशी आसपासका क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले बताउनुभयो ।
सप्तकोशीमा पानीको बहाव उच्च हुँदा समेत कोशी ब्यारेजका सबै ढोका नखोलेको भन्दै स्थानीयले आपत्ति जनाएका छ्न । भारत सरकारको नियन्त्रणमा रहेको कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण वर्षेनी कोशी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुवानमा पर्ने गरेका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत