युवा संघ नेपालका कार्यकर्ता बाँदर बनेर सडकमा विरोध प्रदर्शनमा

नेकपा एमालेको ओलीनिकट युवा संघ नेपालका कार्यकर्ता बाँदर बनेर सडकमा विरोध प्रदर्शनमा उत्रिएका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले पार्टीको हितविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरुलाई ‘बाँदरको संज्ञा’ दिँदै मंगलबार युवा संघ विरोध प्रदर्शनमा उत्रिएको हो ।
बाँदरको मुकुन्डो लगाएका दर्जनौं कार्यकर्ताहरु नयाँबानेश्वरको सडकमा विरोध प्रदर्शन उत्रिएका छन् । सोमबार बालकुमारीको हनुमन्ते खोलाको किनारमा ओलीनिकट युवा कार्यकर्ताले नेपालको पुत्ला जलाएका थिए ।
नेपाल समूहका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वाको मत दिएपछि युवा संघले लगातार विरोध प्रदर्शन गर्दै आएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै