फोटो पत्रकार दानिस सिद्दिकीको सम्झनामा दीप प्रज्वलन

रोयर्टसका फोटोपत्रकार दानिस सिद्दिकीको सम्झनामा फोटो पत्रकार क्लबले मंगलबार दीप प्रज्वलन गरेको छ । अफगानिस्तानको कन्दाहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा तालिबान र अफगान सुरक्षा फौजको झडपमा परी दानिसको गत साता मृत्यु भएको थियो ।
क्लबले सिद्दिकीको सम्झनामा बौद्धमा दीप प्रज्वलन गर्दै सिद्दिकीको हत्याको घटनाप्रति घोर भर्त्सना समेत गरेको छ । पुलित्जर पुरस्कार विजेता फोटोपत्रकार सिद्दिकीले केही दिनयता कन्दाहारको तालिबान प्रभावित क्षेत्रबाट रिपोर्टिङ गरिरहेका थिए ।
रोयटर्सका लागि भारतमा चिफ फोटोपत्रकारका रुपमा कार्यरत दानिसले दिल्लीस्थित जामिया मिलिया इस्लामिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए । त्यस्तै, उनले एजेके मास कम्युनिकेसन रिसर्च सेन्टरमा पत्रकारितासम्बन्धी अध्ययन गरेका थिए ।
टेलिभिजन संवाददाताका रुपमा पत्रकारिता सुरु गरेका उनी सन् २०१० रोयटर्समा इन्टर्नका रुपमा आबद्ध भएका थिए । २ दिनअघि मात्रै उनले कन्दाहारमा एक जना प्रहरीको उद्धारमा सुरक्षा फौजसँगको टोलीमा खटिँदाको अनुभव ट्विटरमा सेयर गरेका थिए ।
अफगान सुरक्षा फौज र तालिबानबीचको भिडन्तमा भाग्यले बाँच्न सफल भएको भन्दै आफैं चढेको गाडीमाथि रकेट आक्रमण भएको दृश्यसमेत उनले पोस्ट गरेका थिए ।

मङ्लबार, भदौ २६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको