आज ‘बकर इद, सरकारले दियो सार्वजनिक बिदाः राष्ट्रपति तथा प्रधानमन्त्रीबाट शुभकामना ब्यक्त ।

काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो ।
रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ ।
बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दसौं दिन मनाउने गरिन्छ ।
आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । तर कोरोना भाइरस संक्रमणको जोखिम भएकाले यसपटक पनि घरमै बसेर नमाज पढ्न आग्रह गरिएको छ ।
नमाज पढिसकेपछि धर्मले जायज मानेका जनावरलाई कुर्बानी अर्थात बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।
कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिव एवं विपन्न परिवारलाई, एक भाग आफ्ना इष्टमित्रलाई र अर्को भाग आफूले राख्ने परम्परा रहि आएको छ । बकर इदकै उपलक्ष्यमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
यसैबीच इदको उपलक्षमा राष्ट्रपति, विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्धी शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव