आज कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

चितवनमा आज कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमित र चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो । जसमा दुई जना चितवन जिल्लाका र एक जना चितवन बाहिरका हुन् ।
चितवनमा साउन लागेसँगै कोरोना संक्रमण दर बढ्न थालेको छ । दैनिक १०० भन्दा तल झरेको संक्रमण दर एक्कासी बढेर २०० भन्दा बढी पुग्न थालेको छ । आज चितवनमा १९३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा १२४ जना, खैरहनी नगरपालिकामा १२ जना, माडीमा ८ जना, रत्ननगर नगरपालिकामा २३ जना, राप्ती नगरपालिकामा १७ जना, कालिकामा ६ जना र इच्छाकामनामा २ जना रहेका छन् । यो सँगै चितवनमा जम्मा सक्रिय संक्रमितको संख्या एक हजार ७३९ जना पुगेको छ ।
त्यसैगरी विगत २४ घण्टामा चितवनको विभिन्न अस्पतालबाट ३२ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् । विभिन्न अस्पतालमा अहिले २०२ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमा आईसीयूमा ६४ जना, भेन्टिलेटरमा १२ जना, एचडीयूमा ४२ जना र सामान्य बेडमा ९६ जना रहेका छन् । आजसम्म चितवनमा कोरोना संक्रमणबाट ३१७ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा