नहरमा डुबेर दुई जना बालकको मृत्यु
चितवनमा नहरमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । आज दिउँसो ३ः५५ बजेको समयमा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित नहरमा डुबेर स्थानीय १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
स्थानीय चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेका थिए । उनलाई बचाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डुबेर बेपबेपत्ता भएका थिए ।
प्रहरीले खोजी गर्ने क्रममा डुबेको स्थानबाट २ सय मिटर पर नहरमा दुवै जनालाई उद्धार गरिएको थियो । तत्कालै उपचारका लागि अस्पताल पठाएकोमा दुवैलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी