केपी ओलीको दावी–’नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु,

काठमाडौं, साउन ६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको दाबी गरेका छन ।

नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भए पनि पार्टीमा बहुमत सदस्य खोजेकाले कुरा बिग्रिएको  उन्ले आरोप  लगाए । दोस्रो अध्यक्ष बनाउन नेपालले राखेको माग पूरा गर्न आफू तयार रहेको कार्यदलका सदस्यहरुलाई भनेको दावी उनको थियो ।

केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो भएको भन्दै भने ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ । १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु ।’

एकता भएमा सबै संरचना ०७५ जेठ २ कै अवस्थामा पुग्ने बाट क्रियाशील हुने भन्दै ओलीले बैठकमा भने ‘पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु । यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ ।’

केन्द्रीय कमिटीमा बहुमत आफूहरुलाई निकाल्न खोजेको ? भन्ने प्रश्न गर्दै ओलीले त्यो सम्भव नरहेको पनि उन्ले बताएका हुन   ।

यसैबीच, एमालेले फ्लोर क्रस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने संविधानको धारा ७६(५) लाई सच्याउन संविधान संशोधनका लागि एजेण्डा बनाउने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीले चारबुँदे विशेष प्रस्ताव पारित गर्दै सर्वोच्चको फैसलाले जस्केलाबाट निर्दलीयता छिराइएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि नै प्रहार भएकाले यसको संवैधानिक माध्यमबाटै समाधान गर्ने निर्णय एमालेले गरेको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो, ‘भोलि आवश्यक पर्दा संविधान संशोधन गर्छौं र धारा ७६(५)को निर्दलीय व्याख्या भएको छ, त्यसलाई सच्याउँछौं ।’

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *