पिनास (साइनस) के हो ? कसरी हुन्छ ? यस्का प्रकारहरु ?

पिनास भनेको नाकको भित्री भागमा रहेको खाली ठाउमा अबरोध भएर श्वास प्रश्वासमा बाधा पुर्याउने एक किसिमको रोग हो ।जस्लाइ साइनोसाइटिस पनि भनिन्छ ।

यसमा साइनशहरुको इन्फ्लामेसन हुन्छ। साइनस भन्नाले अनुहारको हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन जो साना साना प्वालहरु , ओस्टियमको माध्यमबाट नाकको श्वास प्रश्वास मार्गमा जोडिएको हुन्छन ।

जब कुनै ब्यक्तिलाइ रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिगान भन्ने तरल पदार्थ भरिन्छ र त्यहाको पातलो झिल्ली बाट बनेको तह सुन्निन्छ ।जहाँ ब्याक्टेरिया एबम भाइरस विकसित भइ संक्रमण हुन्छ । यस किसिमको असर पटक पटक हुदा पिनास रोग उत्पन्न हुन्छ।

साइनस ४ प्रकारका हुन्छन
१. फ्रन्टल साइनस (निधारमा )
२.म्याकिजलरी साइनस ( दुबै तिर गालाको भित्र )
३. इथमोइडल साइनस (आखाहरुको बिचमा)
४. स्फेनोइडल साइनस ( इथमोइडल साइनसको भित्र पट्टि)
काराण
१. साइनसको भित्रि भागमा केही गरि अबरोध वा रोकावट हुनु।
२. एलर्जी ,भाइरल वा ब्याक्टेरियल संक्रमण हुनु।
३. नाकको भित्रि भागमा मासु पलाउनु वा ट्युमर हुनु वा नाकको भित्रि हड्डी बाङिग्नु ।
४. एलर्जी गराउने कुनै बस्तु ,खाना, धुवा धुलो ,गन्ध आदि

सावधानी र उपचार

  • तातो दुध र वेसार पिनासको सर्वोत्तम औसधि हो |
  • आराम गर्ने ।
  • चिसोबाट जोगिने, चिसो नपिउने ।
  • प्रशस्त मात्रामा झोल पदार्थ (मनतातो पानी, सुप, दालको रस आदि) सेवन गर्ने ।
  • बिहान-बेलुका भिक्स वा सन्चो हालेर तातोपानीको बाफ लिने ।
  • चिकित्सकको सल्लाहमा रुघाको औषधि सेवन गर्ने ।

आफ्नो वातावरण सफा राख्ने र पिनास वा एलर्जीको कारकबाट बच्नेको कोशिश गर्नु पर्दछ। त्यति गर्दा पनि २-३ दिनमा कुनै सुधार नआए चिकित्सकसँग परामर्श लिने । उपलब्ध भएसम्म नाक, कान, घाँटी रोग विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

आयुर्वेदिक उपचार

आर्युवेदिक उपचारअर्न्तर्गत नस्यकर्म विधि अपनाएर पनि पिनासको उपचार गर्न सकिन्छ । आर्युवेद उपचारका ५ प्रमुख उपचार विधिमध्ये नस्यकर्म पनि एक हो । जसमा बिरामीलाई सम्बन्धित तेलले अनुहार-टाउकोमा मालिस गर्ने, औषधियुक्त पानीको बाफ लिने र औषधिकै तेल नाकमा राख्ने कामगरिन्छ । करिब ७ दिनसम्म प्रत्येक दिन आधा घण्टा यो विधि अपनाउनु पर्छ । यसले साइनसभित्र जम्मा भएको फोहोरलाई गलाउने र नरम बनाएर बाहिर निकाल्छ, जसका कारण नाकको प्वाल खुल्छ र टाउको दुख्न बिस्तारै कम हुँदै जान्छ ।

पिनासको समयमै उपचार नभएमा टाउकोको अग्रभाग अत्यधिक दुख्ने, नाकबाट श्वास फेर्न अप्ठ्यारो पर्ने, नाक गन्हाउने हुन्छ । संक्रमणका कारण आन्तरिक रक्तश्राव हुन सक्ने र भित्रीरूपमा संक्रमण भई क्यान्सरजस्तो रोग लाग्ने सम्भावना पनि हुन्छ ।

पिनास आफैंमा ठूलो जटिलता नभई सामान्य कुरामा लापरबाही हुनाले निम्तिने रोग भएकाले यसबाट बच्न यसका कारणहरूमा विशेष ध्यान दिनु जरुरी छ, अनि मात्र पिनास हुनबाट जोगिनसकिन्छ । लक्ष्मी विकास रस यसमा निकै उपयोगी मानिन्छ । तातो पानीमा दुई गोली र सेफागि्रनको नस लिने गरे निकै फाइदा हुन्छ । पिनासको आधुनिक चिकित्सा पद्धतिबाट अप्रेसन त हुने गर्दछ तर त्यो फेरी दोहोरिन सक्छ । त्यसैले पनि पिनासको उपचार गर्न आयुर्वेद उपचार गर्ने क्रम बढेको छ।

पिनासको शल्यक्रिया

पिनासको शल्यक्रिया :

  • १. एन्ट्रल ल्याभेज : म्याक्सिलरी साइनस (गालाभित्र) संक्रमण भएको अवस्थामा नाकभित्रबाट मोटो बाक्लो सुइले छेडेर उक्त पिनास सफा गर्न सकिन्छ ।
  • २. एफइएसएस शल्यक्रिया : इन्डोस्कोपको प्रयोगद्वारा नाक र पिएनएसको शल्यक्रिया गर्ने विधिलाई एफइएसएस भनिन्छ । यो विधिबाट शल्यक्रिया गर्दा बाहिर घाउ बनाउनु पर्दैन र नाक तथा पिएनएसभित्रका भागहरूलाई स्क्रिनमा हेर्दै शल्यक्रिया गरिन्छ ।
  • ३. टि्रफिनेसन वा फ्रन्टल साइनस : फ्रन्टल साइनस (निधारमा) संक्रमण एन्टिबायोटिक्सबाट सुधार नभए वा त्यसकारण आँखा वरिपरि संक्रमण विकास भए, निधारको हाड छेडेर प्वाल बनाई पिनास सफा गर्न सकिन्छ ।
  • ४. फंगल साइनसाइटिसमा पहिले शल्यक्रिया गरी संक्रमित भागहरू फालिन्छ र औषधि प्रयोग गरिन्छ ।

    पिनासबाट हुन सक्ने जटिलता

    नाक र पिएनएसमा सीमित : पिनासका कारण नाक र पिएनएसका झिल्ली सुन्निएर वा स्राव निस्कने ग्रन्थिरूहरूमा अवरोध भई मासु पलाउन सक्छ । कहिलेकाहीँ पिएनएस वरिपरिका हाडभित्र संक्रमण भई अस्टियोमिलिटिस हुन सक्छ ।

    आँखा वरिपरि : पिनास आँखा वरिपरिका हाड तथा अरू तन्तुमा फैलन सक्छ । त्यस्तो अवस्थामा आँखा सुन्निने, आँखाको दृष्टि कमजोर हुने वा आँखै नदेख्ने सम्भावना पनि हुन्छ ।

    मस्तिष्कमा असर : फ्रन्टल, एथ्मोइडल र स्पेनोइड साइनसहरू मस्तिष्कको नजिक अवस्थित छन् । यी भागहरूको पिनास सुधार नभएको अवस्थामा संक्रमण मस्तिष्कमा फैलिएर मस्तिष्क सुन्निने, मस्तिष्कको झिल्लीबाहिर पिप जम्ने, मस्तिष्कभित्र पिप जम्ने, मस्तिष्कभित्र ठूलो रक्त नली संक्रमण हुनेजस्तो समस्या विकसित हुनसक्छ । यी जटिलताको समयमै उपचार नभए बिरामीको ज्यान समेत जान सक्छ ।

    पिनासका कारण कानभित्रको मध्यभाग, घाँटी तथा टन्सिलको संक्रमण हुन सक्छ ।

    कसरी जोगिने ?

    –    प्रशस्त मात्रामा पानी पिउने ।

    –    चिसोबाट जागिने ।

    –    तातोपानीको बाफ लिने ।

    –    धूलो-धूवाँबाट जोगिने, सफा मास्क लगाउने ।

    –    साधारण रुघाखोकी भनेर लापरबाही नगर्ने । रुघा लागे तातोपानीको बाफ लिने । आफूलाई एलर्जी हुने खालका कुराहरू नखाने ।

    –    एलर्जीको उपचार गराउने ।

    –    नाकभित्र मासु सुन्निएको, पलाएको, नाकभित्रको हाड बाङ्गएिको आदि स्थितिमा विशेषज्ञको परामर्शअनुसार शल्यक्रिया गर्ने ।

    पिनास र भ्रम

    हाम्रो समाजमा पिनास हुनासाथ झारफुक गर्नुमा ज्यादा विश्वास गरिन्छ । अस्पतालमा आउने विरामीमध्ये कतिपयहरू झारफुकबाट निको नभएपछि आउनेहरू छन् नाकमा जे समस्या भएपनि पिनास भन्ने अचलन छ । कतिपय रोगह्रू निश्चित समयपछि आफै निको हुन्छ । विरामीह्रू आत्तिएर झारफुक गर्ने र धामीलाई देखाउन जाने गर्छन् । तर निश्चित समयपछि सामान्य खालको पिनास आफै निको भएको भेटिन्छ । त्यसले गर्दा अनावश्यक रूपमा धामीझाँक्रीले जस पाइरहेका हुन्छन् । झारफुक गनहरूले पनि पिनास झारेको भनेर विश्वासमा पार्न अनेक काम गर्ने चलन छ । त्यसको कुनै भरपर्दो आधार छैन ।