जसपा विवाद बहसको विषयः यादव पक्षले आधिकारिकता पाउन सक्ने आकंलन ।

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ ।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत अल्पमत हेरेर आयोगले आज निर्णय गर्ने तयारी गरेको हो ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेका पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

आयोगको कानुन महाशाखा स्रोेतका अनुसार दुवै पक्षले बुझाएको सक्कल कागजातकै भरमा फैसला लिन आयोगलाई कठिनाइ परेको छ । आयोगले दुवै पक्षको बहस टुंग्याउने लक्ष्य राखेको छ ।

दुवै पक्षका ३/३ जना कानुन व्यवसायीलाई आयोगले बहसका लागि २/२ घण्टाको समय निर्धारण गरेको छ ।

आयोगका अचिव सुरेश अधिकारीका अनुसार दुवै पक्षको कुरा सुनेर आजै केही आदेश आउन सक्नेछ ।

जसपामा कार्यकारिणी समितलिाई लिएर पनि विवाद छ । जसपा दर्ताका समयमा ५१ सदस्यीय कार्यकारिणी समिति आयोगकोे अभिलेखमा छ ।

उपेन्द्र यादव पक्ष त्यसैलाई मान्यता दिनुपर्ने अडानमा छ । महन्थ ठाकुर पक्षले पुस ७ गते थपिएको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने बताएको छ ।

ठाकुर पक्षले थप गरेको कार्यकरिणी समितिबारे आयोगले अझसम्म अद्यावधिक गरेको छैन् ।

त्यसैले पनि पुरानै कार्यकारिणी समितिलाई मान्यता दिए यादव पक्षले जसपाको आधिकारिकता पाउने निश्चित छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *