कुमारवर्ती बहुमुखी क्याम्पसमा जिल्ला स्तरिय अनुसन्धानात्मक लेखन कार्यशाला गोष्ठी सुरु

शारदा झेँडी , २१ फागुन , नवलपुर ।
पुर्बी नवलपरासीको कावासोती स्थित कुमारवर्ती बहुमुखी क्याम्पसमा २ दिवसीय जिल्ला स्तरिय अनुसन्धानात्मक लेखन कार्यशाला गोष्ठी शुक्रबारदेखि देखी शुरु भएको छ ।
जिल्लामा रहेका सामुदायिक क्याम्पसहरुमा कार्यरत प्रध्यापकहरुको अनुसन्धानमुलक लेखन क्षमता अभिबृद्धि गर्न, अनुसन्धानबाट प्राप्त नतिजालाई दैनिक शिक्षण सिकाई कृयाकलापमा उपयोग गर्न र शिक्षण सिकाईमा गुणस्तरियता बढाउनका लागि कार्यशाला गोष्ठीको आयोजना गरिएको क्याम्पस प्रमुख गुरुप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
गोष्ठीमा बिषय बिज्ञ त्रिभुवन बिश्व बिद्यालय ब्यवस्थापन संकायका स्कुल अफ म्यानेजमेन्ट एमफिल कार्यक्रमका डाईरेक्टर प्राध्यापक डाक्टर महानन्द चालिसे र डाक्टर ध्रुवलाल पाण्डेको प्रस्तुतीकरण रहेको थियो ।

अनुसन्धानमुलक लेखनको परिचय, साहित्यको पुनरावलोकन, अनुसन्धान बिधि, विश्लेषणबाट प्राप्त नतिजा, नतिजाको बिश्लेषण निष्कर्षका बारेमा बिज्ञ द्धयको सहजीकरण रहेको थियोे ।
गोष्ठीमा कुमारवर्ती बहुमुखी क्याम्पसका सम्पुर्ण प्राध्यापक एवं कर्मचारी सहित मध्यवर्ती बहुमुखी क्याम्पस गोछडाका प्रिन्सीपल हेमराज महतो, नवजागरण बहुमुखी कलेज चोरमारा , मध्यबिन्दु बहुमुखी कलेज कावासोती ,लुम्बिनी आर्दश डिग्री कलेज कावासोती, नवलपुर बहुमुखी क्याम्पस त्रिभुवनटार, जनक कलेज गैडाकोट लगायत जिल्लामा रहेका सामुदायिक क्याम्पसका प्रध्यापकहरुको सहभागीता रहेको थियो ।

कुमारवर्ती बहुमुखी क्याम्पस अनुसन्धान ब्यवस्थापन ईकाईका अध्यक्ष झपेन्द्रश्वर भुषालको अध्यक्षतामा शुरु भएको कार्यक्रममा क्याम्पस संचालक समितीका अध्यक्ष महेन्द्र पोख्रेल प्रमुख अतिथी रहनुभएको थियो ।
यसैगरि क्याम्पस प्रमुख गुरुप्रसाद सुबेदी , सहजकर्ता प्राध्यापक डाक्टर महानन्द चालिसे र धु्रवलाल पाण्डे बिशेष अतिथी रहनुभएको थियो ।